
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।
निर्देशक मिलन चाम्सले नयाँ चलचित्रको घोषणा गरेका छन् । चाम्सले ‘विर विक्रम’ चलचित्रको नाममै ‘विर विक्रम २’ बनाउने घोषणा गरेका हुन् । राजधानीमा बिहीवार एक कार्यक्रमका बीच चलचित्रका कलाकारहरुको परिचयसँगै निर्माण घोषणा गरिएको हो । कलाकारलाई ब्यान्डबाजासहित ल्याइएको थियो ।
चलचित्रमा आकाश श्रेष्ठ, बर्षा सिवाकोटी, नाजिर हुसैन, बुद्धि तामाङ, विनिसा भण्डारी, शिशिर राणा, क्षितिज सुवेदी र बाल कलाकारमा मनिष लिम्बु छन् । चलचित्रमा हिमाली क्षेत्रमा पाइने याकको पनि प्रमुख भूमिका रहने निर्देशक चाम्सले जानकारी दिए । उनका अनुसार चलचित्रमा बुद्धि तामाङले भिलेन बाग बहादुर थकालीको चरित्र निभाउने छन् ।
अर्पण सापकोटा सहनिर्माता रहेको चलचित्र निर्देशक चाम्स आफैंले निर्माण गर्नेछन् । चलचित्रको कथा प्रदीप भारद्वाजले तयार पारेका हुन् । रंजित गजमेर, राजनराज सिवाकोटी, तारा प्रकाश लिम्बुको संगीत रहने फिल्ममा सुदीप बरालको छायांकन, हिमाल केसीको द्वन्द्व, बनिष शाहको सम्पादन र कविराज गहतराजको कोरियोग्राफी रहनेछ । चलचित्र यहि कात्तिकको अन्तिम साताबाट छायांकन गरिने बताइएको छ भने प्रदर्शन आउँदो नयाँ बर्षको अवसर पारेर गरिने निर्माण टिमले जनाएको छ
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: