अनमोलको काखमा सुहाना

Posted on: December 05, 2018
आर्टिष्ट खबर ,मंसिर काठमाडौं

निर्देशक तथा अभिनेत्री झरना थापाकी छोरी सुहाना थापा र नायक अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘ए मेरो हजुर ३’को केहि तस्बिर सार्वजनिक गरिएको छ । अहिले छायांकनमै रहेको यो चलचित्र टिमले अनमोल र सुहानाको रोमान्स सिनका केहि तस्बिर सार्वजनिक गरेको हो । जुन तस्बिरमा अनमोल र सुहाना मनाङका रमणीय स्थानमा मस्त देखिएका छन् । 

प्रतिक अधिकारी र आशिष अविरलको स्वर तथा राहुल शाहको कोरियोग्राफी रहेको गीतमा अनमोल र सुहाना फिचर्ड छन् । मनाङमा सुहानाको एक सोलो गीत पनि खिचिएको छ । झरना थापाले निर्देशन गरेको यो चलचित्रमा अनमोल एक सेलिब्रेटी र सुहाना एक फ्यानको भूमिकामा छन् । सुनिल कुमार थापाले यसलाई निर्माण गरेका छन् । चलचित्रमा सलोन बस्नेत, अर्पण थापा, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय छ । यसमा निर्देशक थापा र सुमन पौडेलको कथा, कल्याण सिंह, कोशिश क्षेत्री, प्रतिक पौडेल र आशिश अविरलको संगीत, रोशन श्रेष्ठले द्वन्द्व र सञ्जय लामाको छायांकन छ । चलचित्र आउँदो चैत २९ गतेबाट प्रदर्शनमा आउने तयारीमा छ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]