दुई पोष्टरमा क्रोधित अनमोल

Posted on: December 11, 2018
मंसिर, काठमाडौं । 

युवास्टार अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ यतिखेर बहुप्रतिक्ष्ति बन्दै गएको छ । चलचित्रका एकपछि अर्को गर्दै आइरहेका प्रमोशनल सामाग्रीले गर्दा चलचत्रि झनै प्रतिक्षित बन्दै गएको हो । यसका साथै चलचित्रको निर्माण टिमले दुई नयाँ पोस्टर सार्वजनिक गरेको छ । अहिले सार्वजनिक गरिएका पोष्टरमा अनमोललाई खेलाडी अवतारमा चित्रण गरिएको छ । एक पोस्टरमा हातमा फुटबल लिएर उनी खेल मैदानमा देखिएका छन् । यस्तै अर्को पोष्टरमा अनमेलसँगै अभिनेता सुनिल थापा र प्रशान्त ताम्राकार देखिएका छन् । यसअघि पनि चलचित्रको फष्र्टलुक सार्वजनिक भइसकेको थियो जसबाट पनि अनमोल फुटबल खेलाडीको रुपमा चिनिइसकेका थिए ।

 दीवाकर भट्टराई निर्देशीत यो चलचित्रको पहिलो गीत आउँदो बिहिबार सार्वजनिक गरिने बताइएको छ । गाउँदेखि राष्ट्रिय स्तरको खेलाडी बन्न एउटा युवाले गरेको संघर्षको कथा ‘क्याप्टेन’मा छ । चलचित्रमा अनमोल, इशानको भूमिकामा छन्। उनको विपरित भूमिकामा उपासना सिंह ठकुरी र प्रियंका एमभी छन् । चलचित्रमा सरोज खनाल, राजाराम पौडेल, विल्सन विक्रम राईलगायतका कलाकारहरुको पनि अभिनय छ । 

भुवन केसी निर्मित चलचित्रको कथा सामिप्यराज तिमल्सिनाले लेखेका हुन् । चलचित्रमा चन्द्र पन्तको द्वन्द्व, अर्जुन पोखरेलको संगीत, कविराज गहतराजको कोरियोग्राफी छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । सुदीप बराल डिओपी रहँदा क्यामेरामेनमा नवराज उप्रेती छन् । चलचित्र आउँदो फागुन १७ गतेबाट देशब्यापी प्रदर्शनमा आउने तयारीमा छ 







Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]