‘शुभलभ’को पोष्टरमा हरिहर र कृष्टिनको रोमान्टिक अवतार

Posted on: December 14, 2018
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । 

चैत १५ गतेलाई प्रर्दशन मिति घोषणा गरिएको चलचित्र ‘शुभलभ’को पोष्टर सार्वजनिक भएको छ । सार्वजनिक फस्टलुक पोष्टरमा चलचित्रको मुख्य कलाकार हरिहर अधिकारी र नव–नायिका कृष्टिन रोमान्टिक अवतारमा देखिएका छन् । यहि चलचित्रबाट हरिहर र कृष्टिनले चलचित्र क्षेत्रमा डेब्यू गरेका हुन् ।  

बुद्ध इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्र निर्माता तथा निर्देशक सन्तोष बाबु लोहनीले निर्देशन गरेका हुन् । धर्मराज शर्माको लगानी रहेको चलचित्रमा प्रदिपकुमार उदय प्रस्तुतकर्ता रहेका छन् । चलचित्रमा निर्माता उदय अतिथी कलाकारको रुपमा देखिनेछन् ।

चलचित्रमा सूर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र, रविन्द्र झा, प्रदिप बास्तोला, अनुज पाण्डे लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा अर्जुन पोखरेलको संगीत, रामेश्वर कार्कीको छायांकन, हरिहर अधिकारीको कथा, अभिमन्यु निरवीको पटकथा तथा संवाद,  रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन रहेको छ । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]