
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।
चलचित्र ‘प्रसाद’मा समावेश ‘बरै क्यारी बाँचौंला’ बोलको गीत यूट्युबमा सार्वजनिक गरिएको छ । सुवास भुषालको शब्द तथा संगीत रहेको गीत नेपाल आइडलका प्रतिस्पर्धी विक्रम बरालले गाएका छन् । गएको शुक्रवारबाट दोस्रो हप्तामा प्रबेश गरेको निःसन्तान दम्पत्तीको कथा बोकेको ‘प्रसाद’मा समावेश तेस्रो गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ फिर्चड छन् ।
श्रीमान् - श्रीमतीको भूमिकामा बाँधिएका विपिन कार्की र नम्रता श्रेष्ठको निःसन्तानका कारण निरासा, चाहाना र रोदनले भरीएर शब्दमा पोखिएको मन छुने गीतलाई दर्शकले निकै रुचाईएको पाइरहेको छ । प्रदर्शनको पहिलो सातामा नै राम्रो व्यापार गर्न सफल ‘प्रसाद’ले दर्शकको निकै राम्रो प्रतिक्रिया पाइरहेको छ । चलचित्रले प्रर्दशनको पहिलो सातामै दुई करोड भन्दा बढि कलेक्सन गरेको थियो ।
बिपिन कार्की, नम्रता श्रेष्ठ र निश्चल बस्नेतको मुख्य भूमिका रहेको चलचित्रलाई दिनेश राउतको निर्देशन गरेका हुन् । सुशिल पौडेलको लेखन रहेको ‘प्रसाद’ सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको हो । लोकेश बज्रचार्यको सम्पादन रहेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् । चलचित्रमा निश्चल बस्नेत नकारात्मक भूमिकामा देखिएका छन् ।
(भिडियो)
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: