मुम्बई (एजेन्सी) ।
चलचित्र ‘केदारनाथ’ बाट नायिकाको रुपमा डेब्यू गरेकी सारा अली खानको दोस्रो प्रतिलक्षित चलचित्र ‘सिम्बा’ प्रदर्शनको तयारीमा रहेको छ। डिसेम्बर २८ मा प्रर्दशनमा आउने ‘सिम्बा’मा उनी रणवीर सिंहको अपोजिट रोलमा देखिनेछिन् । पहिलो चलचित्र ‘केदारनाथ’ मा उनले सुशान्त सिंह राजपुतसँग स्क्रिन सेयर गरेकी थिइन्। यहि डिसेम्बर २८ बाट प्रदर्शनमा आउने सिम्बाको ‘आख मारे’ बोलको गीत बोलको गीतलाई दर्शकहरुले निकै रुचाएका छन् । जुन २ हप्ता अघि सार्वजनिक भएको थियो । भर्खरै चलचित्रको अर्को ‘आया रे आया सिम्बा’ बोलको शीर्ष गीत सार्वजनिक भएको छ ।
रोहित सेठ्ठि निर्देशित बलिउड चलचित्र सिम्बामा अभिनेता रणवीर सिंहलाई एक पुलिस अफिसरको भूमिकामा देख्न सकिन्छ । चलचित्रमा सानु सूड नेगेटिभ रोलमा प्रस्तुत छन् । करण जोहर र रोहितले निर्माण गरेको चलचित्र ‘सिम्बा’ तेलुगू चलचित्र 'टेम्पर'को आधिकारिक हिन्दी रिमेक हो । सिम्बा रणवीर र रोहितको पहिलो सहकार्य हो ।
song:
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: