
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
शनिबार राजधानीमा एक समारोहबीच आगामी १८ माघबाट प्रदर्शनमा आउने चलचित्र ‘रणवीर’ को पहिलो गीत 'तिरिमिरी तिरिमिरी तीन तारा‘को गीतको भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक सार्वजनिक युट्युबमा तीव्र गतिमा हेरिएको छ । भिडियोमा रणवीरका नायक सुशील सिटौला र डेब्यु नायिकाद्वय शुभेच्छा खड्का, सुपुष्पा भट्टले नृत्य गरेका छन् । २२ लाखको सेट बनाएर पाँच दिनको छायांकनपछि तयार भएको यो गीतकोको लागत करिब ४० लाख लागेको निर्माण पक्षले बताएका छन् । । यो लागत एउटा चलचित्रको करिब आधा बजेट हो ।
राजनराज शिवाकोटीको शब्द र संगीत रहेको यो गीतमा शिवाकोटीसँगै अन्जु पन्तको स्वर छ । आफूले अनुमान गरेको भन्दै निकै महँगो खर्चमा गीतको भिडियो भव्य बनाएको शिवाकोटीले कार्यक्रममा बताए । यो गीतमा पनि मौलिकतालाई आफूले ध्यान दिएको उनले जिकिर गरे । सुशील सिटौलाले आफू नृत्यमा पोख्त नभए पनि यो गीतमा निकै मिहिनेत गरेर नृत्य गरेको र आफ्नो अहिलेसम्मकै उत्कृष्ट र हिट हुने गीतको भिडियो बनेको बताए ।
रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियोमा बाबु श्रेष्ठले खिचेका हुन् । प्रेम कथामा आधारित एक्सन जनराको 'रणवीर'मा सुशील, सुभेच्छा र सुपुष्पासँगै प्रशान्त ताम्राकार, रवि गिरी, हरिहर शर्मा, नरेश पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।
video:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: