
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
चलचित्र ‘अनागत’को ‘हुँदैछ के’ बोलको पहिलो गीत सार्वजनिक भएको छ । प्रियंका कार्की आफैले उक्त गीत गाएकी छिन् भने उनलाई सुरज शाही ठकुरीले साथ दिएका छन् । गीतको भिडियोमा अर्पण थापा र प्रियंका फिर्चड छन् । सुरज शाही ठकुरी र साम्तेन भुटियाको शब्द रहेको गीतमा सुरज शाही ठकुरीले नै संगीत भरेका छन् । अभिनेत्री प्रियंका कार्कीले केही समय अघि ‘तिम्ले त होइन’ कभर गीत गाएकी थिइन् । त्यसपछि उनले चलचित्र आवरण पनि आवाज दिइन् । हाल भने उनले अनागत मा आफ्नो आवाज दिएकी हुन् ।
साम्तेन भुटियाले निर्देशन गरेका चलचित्रमा चन्द्र के.झा, तेरिङ लमु शेर्पा र साम्तेन भुटिया निर्माता रहेका छन् । सिसन बानियाँले छायांकन गरेको चलचित्रलाई निर्देशक भुटियाले सम्पादन गरेका हुन् । अर्पण थापा, प्रियंका कार्की, प्रविण खतिवडा, रोसिन सुवेदी, अरुण रेग्मी, अनु शर्मा, कुमार क्षेत्री लगायत कलाकारहरुको अभिनय रहेको चलचित्रमा कथा चन्द के.झाको कथा रहेको छ भने प्रवचन श्रेष्ठ र भुटियाले पटकथा तयार पारेका छन् । चलचित्रको प्रर्दशन मिति माघ ११ गते लाई तोकिएको छ ।
(भिडियो):
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: