
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
माघ १८ लाई प्रर्दशन मिति तोकिएको चलचित्र ‘गोपी’ को दोश्रो गीत सार्वजनिक गरिएको छ । 'तेरो आफ्नो' बोलको गीतमा कल्याण सिंहको संगीत रहेको छ भने विप्लब प्रतिकको शब्द रहेको छ । उक्त गीत चर्चित गायक शिव परियारले गाएका छन् ।
अभिनेता विपिन कार्की र सुरक्षा पन्त फिचर छन् । दिपेन्द्र लामा निर्देशित चलचित्रमा बिपिन एक गोठालोको रुपमा प्रस्तुत भएका छन् । चलचित्रमा उनको गाई प्रेम, संघर्ष र सफलताको कथालाई देखाइएको छ । चलचित्रमा नायिका बर्षा राउतको पनि अभिनय रहेको छ ।
निजी व्यवसाय गर्दा आइपर्ने पारिवारिक, सामाजिक, आर्थिक बाधा बेहोर्न नसक्ने युवाहरुका लागि प्रोसाहन गर्ने चलचित्र ‘गोपी’मा सामिप्यराज तिमल्सिनाको स्क्रिनप्ले रहेको छ । आरोही केसी निर्माता रहेको चलचित्रमा सञ्चारकर्मी श्रीधर पौडेल कार्यकारी निर्माताको रुपमा रहेका छन् हुन् ।
song:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: