स्वस्तिमाको विभिन्न रुप सहितको ‘बुलबुल’को ट्रेलर सार्वजनिक (ट्रेलर)

Posted on: January 15, 2019
आर्टिष्ट खबर/ माघ, काठमाडौं । 

अभिनेत्री स्वस्तिमा खड्काको विभिन्न रुप सहितको चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा अभिनेत्री खड्का र अभिनेता मुकुन भुषाल प्रस्तृत भएका छन् ।साढे दुई मिनेट लामो ट्रेलरमा स्वस्तिमाको चरित्रले चलचित्रको कथा छोटकरीमा प्रस्तृत गर्न खोजेको छ ।


बजारले रुचाए अनुसार आफूले ट्रेलर तयार पारेको चलचित्रका निर्देशक विनोद पौडेलले बताएका छन् ।

 

यस चलचित्रबाट अभिनय शुरु गरेका मुकुन भुषाल अर्थात् चोपेन्द्रको बुलबुल टिजर सार्वजनिक भए लगत्तै निकै चर्चा भएको थियो ।  टिजरमा  प्रस्तृत गरिएको उनको अभिनयलाई निर्माण टिम र अडियन्सले निकै रुचाएका थिए । 


स्वस्तिमा खड्काको बिभिन्न रुपले प्रर्दशन अघिनै उच्च चर्चामा रहेको चलचित्रलाई पुरुषोत्तम पाण्डे, अविरल थापा, भिम थापा र राजु पौडेलले मिलेर निर्माण गरेका हुन् । स्वस्तिमा र मुकुन सँगै उज्ज्ल अधिकारी, वुद्दि तामाङ, दीपक क्षेत्री, जोयस पाण्डे, एलिना कार्की लगायतको मुख्य भूमिका रहेको चलचित्रका निर्माता अविरल थापा हुन् ।


विनोद पौडेलको लेखन रहेको चलचित्रमा सुसन प्रजापतिको छायांकन रहेको छ । फागूणको ३ गतेबाट सार्वजनिक प्रर्दशन हुने चलचित्रका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । 

Trailer




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]