आयुष्मान र शिल्पाको ‘सानो मन’ निर्माण हुने

Posted on: January 15, 2019
आर्टिष्ट खबर/ माघ, काठमाडौं । 

सुयोग गुरुङको डेब्यु निर्देशन रहने चलचित्र ‘सानो मन’ निर्माण हुने भएको छ । उक्त चलचित्रमा अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहने बताइएको छ । मंगलबार आयोजिना गरिएको  ‘सानो मन’को प्रेसमिटमा आयुष्मान र शिल्पाले चलचित्रका बारेमा केही जानकारी दिए । आयुष्मानले भने 'नर्मल मिठोस्टोरी रहेको ‘सानो मन’मा म निर्वाण क्यारेक्टरमा छु, चलचित्र छोटो र राम्रो बन्ने छ।’ त्यसैगरी अभिनेत्री शिल्पाले आफु चलचित्रमा सानियाको भूमिकामा रहेको बताईन् । उनले स्क्रिप्ट मन परेका कारण चलचित्र छाड्न नसकेको बताएकी छिन् । यसअघि ‘कागजपत्र’ र ‘द ब्रेकअप’ मा काम गरिसकेकी शिल्पाले आयुष्मान सँग ’सानो मन’मा जोडी बाँध्दैछिन् । 


'ओ.पि.जी फिल्मस्' र 'ए प्लस इन्टरटेन्मेन्ट'को ब्यानरमा निर्माण गरिने चलचित्रको निर्माताहरु राजिव श्रेष्ठ, योगेश गुरुङ र राजेन्द्र मानन्धर हुन् । काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुने चलचित्र म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने निर्माण टिमले बताए । चलचित्रमा आयुष्मान र शिल्पाको अलवा विशाल पहारी, गौरी मल्ल, शिशिर वाङदेल,रश्मी भट्टलगायतका कलाकारहरुको पनि अभिनय रहनेछ ।

समिर सुनवार र निर्देशक गुरुङको लेखनमा बन्न लागेको चलचित्रमा बलिउड सुपरस्टार सलमान खानका ’पर्सनल ट्रेनर’साजन सिंहको कोरियोग्राफी रहनेछ ।  सुयोग सोताङको संगीत रहने चलचित्रलाई आलोक शुक्लाले खिच्नेछन् । माघ ७ गतेबाट ‘सानो मन’ को छायांकन सुरु हुँदैछ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]