आयुष्मान र शिल्पाको ‘सानो मन’को मुहूर्त सँगै छायांकन सुरु

Posted on: January 24, 2019
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

चलचित्र ‘सानो मन’ को शुभ मुहूर्त गरिएको छ । अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको लिड अभिनय रहने चलचित्रको बिहीवार काठमाडौंको कमलादी स्थित गणेशस्थान मन्दिरमा मुहूर्त गरिएको हो । चलचित्रको छायांकन पनि मुहूर्तसँगै सुरु भएको छ । छायांकन काठमाडौं, भैरहवा, हङकङ र मकाउमा हुने चलचित्रका टिमले जानकारी दिएका छन् । चलचित्रलाई सुयोग गुरुङले निर्देशन गर्नेछन् । गुरुङ यस चलचित्रलाई आफ्नो ड्रिम प्रोजेक्ट बताउँछन् ।


'ओ.पि.जी. फिल्मस्' र 'ए प्लस इन्टरटेन्मेन्ट'को ब्यानरमा निर्माण हुने चलचित्रका निर्माताहरु योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर हुन् । समिर सुनवार र निर्देशक गुरुङको लेखनमा बन्न लागेको चलचित्रमा साजन सिंहको कोरियोग्राफी रहनेछ । कोरियोग्राफर सिंह बलिउड सुपरस्टार सलमान खानका ‘पर्सनल ट्रेनर’ हुन् । आयुष्मान र शिल्पाको अलवा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्टलगायतका कलाकारहरुको अभिनय रहेको यस चलचित्रलाई आलोक शुक्लाले खिच्नेछन् । सुयोग सोताङको संगीत रहने चलचित्र म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुनेछ । जसमा आयुष्मानले निर्वाण र शिल्पाले सानियाको भूमिका निर्वाह गर्नेछन् ।  ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]