आर्टिष्ट खबर/ माघ, काठमाडौं ।
हाल भारतको गोवामा चलचित्र ‘गीत गजल’मा समावेश एक गीतको छायांकन भइरहेको छ । 'छ कि छैन् थाहा' बोलको गीतमा चलचित्रमा मुख्य भूमिकामा रहेका अभिनेता रुप पोखरेल र अभिनेत्री आरोही सिंह फिचर्ड छन् । नितिन चन्द निर्देशित चलचित्रको गीत सुरेश काफ्लेले खिचिरहेका छन् भने गीतमा निर्देशक स्वंयमले कोरियोग्राफी गरेका छन् । चलचित्रमा रुप र आरोहीका अलावा विशाल पहाडी, रश्मी भट्ट, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली, ओम प्रतीक, लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद रहेको छ भने बाबु श्रेष्ठको छायांकन, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको छ । हाल छायांकन भैरहेको गीतमा संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको छ भने गीतमा सुरेश लामा र अञ्जु पन्तकोले स्वर भरेका छन् ।
आर्टिष्ट खबर/ असार, काठमाडौं । आगामी भदौ १० गतेबाट प्रदर्शनमा आउ
June 22, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । तेश्रो संस्करणको नेपाल म्युजिक एण
June 22, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: