अनमोलको 'क्याप्टेन' ट्रेलर रिलिजः युट्युवमा १ घण्टामै एकलाख भ्यु

Posted on: February 01, 2019
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

नायक अनमोल केसी अभिनित चलचित्र ‘क्याप्टेन’ को ट्रेलर युट्युव मार्फत सार्वजनिक गरिएको छ ।  शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको चलचित्रको ट्रेलरमा अनमोल एक फुटबल खेलाडीको रुपमा देखिएका छन् । ट्रेलर युट्युवमा सार्वजनिक गरिएको १ घण्टामै १ लाख बढी म्युज पाएर नयाँ रेकर्ड राखेको छ । यस्तो अवसर सबै चलचित्रका ट्रेलरले पाउँदैनन् । 

दिवाकर भट्टराईको लेखन तथा निर्देशनमा बनेको यो चलचित्रमा सुनिल थापा, प्रशान्त ताम्राकार, सरोज खनाल, विल्सन विक्रम राई, राजाराम पौडेललगायतका कलाकारहरुको पनि अभिनय छ ।  पटकथा भने सामिप्यराज तिमल्सिनाको रहेको छ । चलचित्रमा चन्द्र पन्तको द्वन्द्व छ भने सम्पादनको जिम्मेवारी दिर्घ खड्काले सम्हालेका छन् । चलचित्र आउँदो फागुन १७ गतेबाट प्रदर्शनमा आउँदैछ । 

Trailer:



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]