
आर्टिष्ट खबर/ चैत, काठमाडौं ।
चैत २९ गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘ए मेरो हजुर ३’को पहिलो रोमान्टिक गीत सार्वजनिक भएको छ। ‘जिन्दगी नै भन्दिनँ’ बोलको सार्वजनिक गीतको भिडियोमा अनमोल र सुहानालाई रोमान्टिक मुडमा देख्न सकिन्छ ।
एक नारायण भण्डारीको शब्द रचनालाई गायक सुगम पोखरेल र गायिका प्रविशा अधिकारीले गाएका छन्।आशिष अविरलको संगीत समावेश गीतको भिडियो नेपाल र अमेरिकाका विभिन्न रमणीय स्थानहरुमा खिचिएको छ । झरना थापा निर्देशित यस चलचित्र उनकी छोरी सुहानाको डेब्यू चलचित्र हो । सुनिल कुमार थापाले निर्माण गरेको चलचित्रमा अनमोल र सुहानासँगै अर्पण थापा, सलोन बस्नते, रबिन्द्र झालगायतका कलाकारहरुको पनि अभिनय रहेको छ ।
सुमन पौडेल र झरना थापाको कथा रहेको चलचित्रमा रामजी लामिछाने, कविराज गहतराज, प्रविन सिंह र राहुल शाहको कोरियोग्राफी रहेको छ। हिमाल केसीको द्वन्द्व निर्देशन रहेको चलचित्र दिर्घ खड्काले सम्पादन गरेका हुन भने सञ्जय लामाले खिचेका हुन् ।
song:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: