'ए मेरो हजुर ३' प्रिमियर, नवनायिका सुहानाको तारिफ (फोटो फिचर)

Posted on: April 12, 2019






आर्टिष्ट खबर/ चैत, काठमाडौं । 

चलचित्र ए मेरो हजुर ३ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ । बिहीबार राती कुमारी हलमा प्रिमियर गरिएको यो चलचित्रलाई चलचित्रकर्मिहरुले उत्कृष्ट प्रतिक्रिया दिएका छन् । बिशेषगरी नवनायिका सुहाना थापाको कामको तारिफ गरेका छन् । प्रिमियरमा पुगेका अधिकांश चलचित्रकर्मिहरुले नायक अनमोल केसी र नायिका सुहाना थापाको कामको तारिफ गरे । 


कलाकार दीपक राज गिरी, दिपा श्री निरौला, सिताराम कट्टेल, कुञ्जना घिमिरे, रमेश उप्रेती, करिश्मा मानन्धर, बिनोद मानन्धर, निता ढुंगाना, सरिता लामिछाने, सन्दिप क्षेत्री लगायतले चलचित्रको सकारात्मक प्रतिक्रिया दिएका थिए । झरना थापाको निर्देशन रहेको यो चलचित्रमा अनमोल केसी, सुहाना थापासँगै सलोन बस्नेतको मुख्य भूमिका रहेको छ । 


तस्बिरः नविन चापागाईं / आर्टिष्ट खबर


Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]