
आर्टिष्ट खबर/जेठ काठमाडौं ।
आउँदो असोज ३ गतेलाई प्रदर्शन मिति घोषणा गर्दै अभिनेता शुशील श्रेष्ठ अभिनित चलचित्र ‘लभ डायरिज’को दुई पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा शुशील श्रेष्ठ र नव-अभिनेत्री रुविना थापा रोमान्टिक मुडमा देखिएका छन्। शुशील श्रेष्ठ अभिनित यो चौथो चलचित्र हो । उनले यसअघि ‘होस्टल रिटन्स’, ‘कारखाना’ र ‘सायद २’ चलचित्रमा काम गरिसकेका छन्।
‘ईइस्टेर इन्टरटेनमेन्ट’को व्यानरमा निर्माण भएको चलचित्रमा शुशील र रुविनाको अलवा, बिष्णु सापकोटा, विश्वजित रिमाल, बिशाल पहारीे,अर्जुनजंग शाहीलगायतका कलाकारहरुको पनि अभिनय छ। सौरभ चौधरीको निर्देशनमा बनेको चलचित्रमा साहिल खान र मिलन श्रेष्ठको सम्पादन, विनोद सापकोटाको निर्माण ,सरोज तुलाधरको सह-निर्माण,अर्जुन पोखरेलको संगीत, सञ्जय लामाको छायांकन, र कविराज गहतराजको कोरियोग्राफी रहेको छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: