
आर्टिष्ट खबर/ जेठ, काठमाडौं ।
चलचित्र ‘न यता न उता’को प्रदर्शन मिति सरेको छ । निर्माण टिमले प्राविधिक कारण देखाउँदै अब आउँदो साउन १७ लाई प्रदर्शन मिति तय गरेको छ । यसअघि माघ २५ लाई प्रदर्शन मिति तोकिएको थियो ।
यसका साथै चलचित्रको शीर्ष गीत पनि सार्वजनिक गरिएको छ । सुरज विक्रम थापा बुलेट फ्लोको कम्पोज तथा शब्द, संगीत रहेको गीतमा उनलाई एक्स प्रिति कौरले स्वरमा साथ दिएकी छन् । गीतमा मुख्य कलाकार मिस्टर प्रिन्स, मिराज रोश, समिर दिक्षित, नम्रता सापकोटा, प्रिति कौरलाई फिचर्ड गरिएको छ । सार्वजनिक गीतको भिडियो शिशिर घर्तिले कोरियोग्राफी गरेका हुन् ।
चलचित्रमा छुल्ठिम गुरुङ, बुद्धि तामाङ, रविन्द्र झा, सिल्सा जिरेल, राजाराम पौडेल, कमलमणी नेपाल, जीवन भट्टराई, किरण राई, नमिता घिसिङ, अनु दाहाल, लुनिभा तुलाधार, अन्ना देउजा, सान्तना भट्टराई, भिमा मैनाली, राजन खतिवडा, सागर ढकाल, पवन ढकाल, विशारद बस्नेत, राजन मुकारुङ र जयनन्द लामाको पनि अभिनय रहेको छ । सिनेमालाई विशारद बस्नेत र मिराज रोशले मिलेर निर्देशन गरेका हुन् ।\
video:
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: