
आर्टिष्ट खबर/ असार, काठमाडौं ।
चलचित्र 'प्रेम गीत ३' मा अभिनेता प्रदीप खड्काको पिताको भूमिकाकालागि महानायक राजेश हमाललाई प्रस्ताव राखिएको थियो । तर हमालले आफ्नो समय निकै टाइट रहेको भन्दै उक्त चलचित्रबाट पन्छिएका छन् । चलचित्रको छायाँकन हुने समयमा राजेश हमालको बिशेष कार्यक्रम रहने भएकाले उनले चलचित्रबाट हात झिकेका हुन् । उनले चलचित्र छोडे लगत्तै उनको भूमिकामा उनकै समयका चर्चित अभिनेता शिव श्रेष्ठ अनुन्धित भएका छन् ।
अभिनेता शिवसँग निर्माण टिमले मंगबार दिउँसो कागजी सम्झौता गरेको छ । चलचित्रमा उनको भूमिका छोटो रहनेछ । उनले राजाको भूमिका निभाउनेछन् । उनको छोरा राजकुमारको भूमिकामा प्रदीप र नव-अभिनेता मनिष राउत देखिनेछन् । पछिल्लो समय चलचित्र बागमतीमा देखिएका शिवको प्रवेशले निर्माण टिम दंग छन् । चलचित्रको भूमिका छोटो भएपनि कथा मन परेका कारण आफु चलचित्रकलागि तयारी रहेको उनले बताएका छन् । चलचित्रमा शिवसँगै अर्का चर्चित कलाकार सुनिल थापा पनि भित्रिएका छन् । भारतिय चलचित्रमा समेत काम गरेका सुनिलको पनि चलचित्रमा खास भूमिका रहेको निर्माता सन्तोष सेनले बताएका छन् ।
छेतन गुरुङ्ग र सन्तोष सेनको संयुक्त निर्देशन रहने यस चलचित्रको कथा छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेका हुन्। २ सय वर्ष पुरानो प्रेमकथामा आधारित चलचित्र निर्देशक सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दैछन् ।‘ ‘अ फर्बिडन लभ स्टोरी’ भनिएको ‘प्रेमगीत ३’ नेपाली नयाँ वर्षको छेको पारेर चैत २८ गतेबाट प्रदर्शनमा आउनेछ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । लोकप्रिय गायक रामकृष्ण ढकालको आवाज
May 26, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । पूर्वसचिव विद्यानाथ नेपालको पुस्तक
May 26, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: