
आर्टिष्ट खबर/ असार, काठमाडौं ।
चलचित्र ‘यो माया कस्तो माया’मा समावेश रोमान्टिक गीत सार्वजनिक भएको छ। शनिबार काठमाडौंमा एक कार्यक्रम गर्दै निर्माण टिमले ‘हुन्न है’ बोलको गीत सार्वजनिक गरेको हो। चर्चित संगीतकार अर्जुन पोखरेलको संगीत रहेको गीतमा अम्बिका शर्माको शब्द रहेकोछ भने सुवानी मोक्तान र उदिपधोज थापाको स्वर रहेको छ। गीतमा चलचित्रमा मुख्य भूमिकामा रहेका अभिनेता दिवस धिताल र अभिनेत्री रितु पौडेल फिचर्ड छन् । गीतमा कविराज गहतराजको कोरियोग्राफी रहेको छ। यो चलचित्र निर्माण सम्पन्न भइकन पनि प्रदर्शनमा भने आउन सकेको छैन। निर्देशक भुषण आनन्द ठकुरीले चलचित्र निर्देशन गर्दागर्दै स्वाथ्यमा समस्या देखापरेपछि उनी उपचारकालागि नेपालबाट बाहिरिएका थिए। त्यसपछि बाँकी रहेको निर्देशन जिम्मा निर्माता किशन पोखरेलले लिए।
पोखरेलले ठकुरीलाई चलचित्रको छायांकन नसकी आफू अस्वस्थ भएको बाहाना बनाएर क्यानडा उडेको बताएका छन् । आधा भन्दा निकै बढी चलचित्र निर्देशन आनन्द ठकुरीले गरेपनि अन्तमा चलचित्रको निर्देशकको नाम भने निर्माता किशन पोखरेलले लेखाएका छन् । उनले दुई निर्देशकको निर्देशनमा चलचित्र बने पनि यस चलचित्रले दर्शकलाई भरपुर मनोरञ्जन दिने बताएका छन् । कार्यकारी निर्मातामा कर्ण थापा किरण र बाबु गौतम रहेको चलचित्रमा निर्माताहरुमा भने समृद्धि श्रेष्ठ, गोविन्द बर्देवा,बिशाल गुरुङ, इन्द्र रजक ,कमल चन्द्र पोखरेल रहेका छन् । सुन्दर श्रेष्ठ, लय सङ्ग्रौला, सुमित डङ्गोल, युवराज केशरी, शङ्कर महर्जन तारा केशी, तुलसा शर्मालगायतको पनि अभिनय रहेको चलचित्र अर्जुन जिसिले सम्पादन गरेका हुन् । यो चलचित्र दिवस र रितु दुबैको डेब्यू चलचित्र हो । उनीहरु दुबैजना यस चलचित्रलाई लिएर निकै उत्साहित रहेको बताउँदै आएका छन् । चलचित्र असोजमा प्रदर्शन गर्ने निर्माण टिमले बताएका छन्।
song:
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । आगामी जेठ १४ शनिबार काठमाडौंको दशर
May 24, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: