
आर्टिष्ट खबर/ असार, काठमाडौं ।
अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्के अभिनित चलचित्र ‘सानो मन’को यतिबेला चलचित्रवृत्तमा चर्चा निकै चुलिएको छ। असार २७ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्रले यतिबेला हरेक किसिमको प्रचार शैली अपनाइरहेको छ । आयुष्मान र अभिनेत्री शिल्पाको प्रेमकथा वाचन गर्ने ‘सानो मन’ निर्माण टीमले शुक्रबार दिउँसो राजधानीको सिभिल मलमा प्रमोसनल कन्सर्टको आयोजना गरेको छ।
कार्यक्रममा चलचित्रका प्रमुख कलाकारहरु आयुष्मान देशराज जोशी, शिल्पा मास्के, सक्षम सुवेदी, निर्देशक सुयोग गुरुङलगायत उपस्थिति भएका थिए । भने, फिल्मकोे शिर्ष गीतमा आवाज भरेका गायक रोहित जोन क्षेत्रीको पनि उपस्थिति रहेको थियो । फिल्मको जानकारी दिने उदेश्यले आयोजना गरिएको कार्यक्रममा आयुष्मानलाई भेट्न चाहने युवती फ्यानहरु धेरै देखिएका थिए । उनले पनि आफ्ना क्रेजी फ्यानसँँग सेल्फी खिच्दै चलचित्रको गीत ‘रानु कम्मर’ मा नृत्य गरे। आयुष्मानलाई शिल्पा र सक्षमले पनि साथ दिए । चलचित्रको बारेमा सोधिएको केही प्रश्नको सही उत्तर दिनेलाई कलाकारहरुले ‘सानो मन’ को टिकट समेत प्रदान गरेका थिए । मलमा विभिन्न उद्देश्यले पुगेका दर्शकहरु आयुष्मान र शिल्पालाई आफ्नो मोवाइलमा कैद गर्न व्यस्त देखिन्थे । दुईसँग सेल्फी खिच्नेहरुको भीड पनि ठूलै लागेको थियो । उक्त कार्यक्रममा रमाइलो त तब भयो जब आयुष्मानले शिल्पा र सक्षमलाई दर्शकमाझ चिनाउँदै चलचित्रमा निभाएको भूमिकाबारे जानकारी गराए । उनले आफूलाई भने भिन्न ढंगले चिनाए । उनलाई नरुचाउने दर्शकले ‘चुसेको आँप’ भन्ने गर्दछन्। उनले आफूमाथि मजाक गर्नेलाई गतिलो झटारो दिँदै ‘म चाहिँ ‘चुसेको आँप’ भन्दै परिचय गराए । उनको यो कुराले दर्शकमा हाँसोको फोहोरा छुटेको थियो ।
चलचित्रको नाम ‘सानो मन’ भए पनि ठूलो मन भएका व्यक्तिहरुले बनाएको आयुष्मानको भनाई छ । उनी चलचित्रले दर्शकलाई निराश नबनाउने दाबी गर्छन् । अभिनेत्री शिल्पाले चलचित्रलाई लिएर आफू निकै उत्साहित रहेको बताउँदै दर्शकलाई एकपटक हेर्न आग्रह गरिन् । चलचित्रमा नेगेटिभ रोलमा रहेका सक्षमले आफ्नो डेब्यू फिल्म भए पनि राम्रो गर्ने कोशिश गरेको बताए । कार्यक्रममा गायक रोहितले चलचित्रको शिर्ष गीत गाएर सुनाएका थिए । ओ.पि.जी फिल्मस्, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा यो चलचित्र निर्माण भएको हो । सुयोग गुरुङ र मिलन श्रेष्ठले मिलेर को सम्पादन गरेका छन् । समिर सुनवार र निर्देशक गुरुङको संयुक्त लेखन रहेको ‘सानो मन’ लाई आलोक शुक्लले छायांकन गरेका छन् । यस चलचित्रका निर्माताहरू योगेश गुरुङ, राजीव श्रेष्ठ, रमेश के। मित्तल र राजेन्द्र मानन्धर हुन् ।
निर्देशक गुरुङले ‘सानो मन’ को विषयमा अनविज्ञ दर्शकलाई जानकारी दिने उद्देश्यले प्रोमोसनल कन्सर्टको आयोजना गरेको बताए । राजधानीका केएल टावर, विजी मल, लबिम मल, सिटी सेन्टरमा पनि फिल्मको जानकारी गराउन सांगीतिक कन्सर्ट गरिने उनको भनाई छ । यो चलचित्रमा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङदेल, रश्मी भट्ट, देव कुमार श्रेष्ठ लगायतका कलाकारहरुको पनि अभिनय छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: