
आर्टिष्ट खबर/ असार, काठमाडौं ।
अभिनेता आयुष्मान देशराज जोशी र अभिनेत्री शिल्पा मास्केको मुख्य भूमिका रहेको चलचित्र ‘सानो मन’आज असार २७ बाट प्रर्दशनमा उत्रिएको छ। सुयोग गुरुङ्गको डेब्यू निर्देशन रहेको यस चलचित्रको बिहीबार साँझ राजधानीको कुमारी हलमा भव्य प्रिमियरको आयोजना गरिएको थियो । प्रिमियरमा उपस्थिति जनाएका सबैजसो चलचित्रकर्मीहरुले चलचित्रप्रति सकारात्मक प्रतिक्रिया जनाएका थिए। आयुष्मान र शिल्पाले आफ्नो अभिनयको निकै तारिफ पाएका थिए भने सुयोग गुरुङ्गको निर्देशनलाई पनि राम्रो प्रतिक्रिया मिलेको थियो। प्रशंसा पाए अनुसार निर्देशक गुरुङ्गले भने निर्देशनमा राम्रो भविष्य देखेका छन्। आयुष्मान र शिल्पाबीचको प्रेमको दरारलाई चलचित्रले केन्द्र बनाएको छ। चलचित्र हेरिसकेपछि आयुष्मान निकै भावुक बनेका थिए। आफूले निभाएको क्यारेक्टरले आफूलाई छोएको उनले बताएका थिए ।
ओ.पि.जी फिल्मस, ए प्लस इन्टरटेन्मेन्ट र हाई टेक इन्टरटेन्मेन्टको संयुक्त ब्यानरमा निर्माण भएको ‘सानो मन’मा आयुष्मान देशराज जोशी, शिल्पा मास्के, विशाल पहाडी, गौरी मल्ल, रश्मी भट्ट, शिशिर वाङ्देल, सक्षम कृष्ण सुवेदी, कृष्ण भक्त महर्जन, देव कुमार श्रेष्ठ लक्ष्मी भुषाल लगायतका कलाकारको अभिनय रहेको छ । रित बोहरा मुख्य सहायक निर्देशक रहेको ‘सानो मन’ म्यूजिकल लभस्टोरी जनरामा निर्माण भएको हो। योगेश गुरुङ्, राजीव श्रेष्ठ, रमेश के.मित्तल र राजेन्द्र मानन्धर निर्माताहरू रहेको यस चलचित्रलाई आलोक शूक्लाले छायांकन गरेका हुन्।
यस चलचित्रसँगै सिंगल थिएटरमा अर्को चलचित्र 'बदला'पनि प्रदर्शनमा आएको छ।अभिनेता सविन श्रेष्ठ अभिनित चलचित्र समिर मियाँले निर्देशन गरेका हुन्। लभस्टोरी र एक्सन जनरामा निर्माण भएको यस चलचित्रमा चन्दु चौधरी,मन्जिला चौधरी, नम्रता योगी,राजाराम शाहलगायतको अभिनय रहेको छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: