आर्टिष्ट खबर/ असार, काठमाडौं
आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र ‘गीत गजल’को पहिलो गीत सार्वजनिक गरिएको छ। ‘छ कि छैन् तिमिलाई थाहा’ बोलको सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचर्ड गरिएको छ। पछिल्लो समयका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत रहेको गीतमा अन्जु पन्त र सुरेश लामाको स्वर छ। गीतको भिडियोमा निर्देशक नितिन चन्दको कोरियोग्राफी र सुरेश काफ्लेको छायाँकन रहेको छ।
चलचित्रमा रश्मी भट्ट,विशाल पहाडी,ओम प्रतीक,आज्ञा करनजीत,सान्तवना भट्टराई,भिमा मैनाली बालकलाकार योगीशा खत्री, सुजल खानलगायतका कलाकारको पनि अभिनय रहेको छ। आरोहण क्षेत्री निर्माता रहेको चलचित्रका सह निर्माता सुजन आचार्य हुन्। चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठ र सुरेश काफ्लेको छायांकन, अर्जुन पोखरेलको संगीत, निर्देशक नितिन चन्दको कोरियोग्राफी, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन,सुदीप कुँवरको मुख्य सहायक निर्देशन,अर्जुन जिसीको सम्पादन रहेको छ। चलचित्रको सार्वजनिक प्रर्दशन मिति आगामी असोज २४ गतेलाई तोकिएको छ।
song:
आर्टिष्ट खबर/ असार, काठमाडौं । गायिका रानी शाक्य र गायक बलबहादुर राजवं
July 01, 2022
आर्टिष्ट खबर/ असार, काठमाडौं । आर्ट फिल्म ‘ब्ल्याक रोज’ युट्युबम
July 01, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: