‘प्रेम गीत ३’मा समृद्धी शाही सानी 'गीत'को भूमिकामा

Posted on: July 17, 2019
आर्टिष्ट खबर/साउन,काठमाडौं ।

केही दिनअघि २७ सय जनालाई पछि पार्दै चलचित्र ‘प्रेम गीत ३’को मुख्य नायिकाको रुपमा क्रिस्टिना गुरुङ फाइनल भएकी थिइन्। गीतको भूमिकाकोलागि करिब २७ सय जनाले आवेदन भरेका थिए । त्यसमध्य २५ जनालाई छनोट गरी अडिसन गरिएको थियो । त्यसमध्यबाट चलचित्रका लागि  क्रिस्टिना गुरुङले गीत बन्ने मौका पाइन्। हाल उनको बालापनको भुमिका निभाउन  ‘प्रेम गीत ३’मा नयाँ कलाकारको इन्ट्रि भएको छ । सानी ‘गीत’को भुमिका निभाउनकालागि समृद्धी शाही ठकुरी चलचित्रमा भित्रिएकी हुन् । चलचित्रमा उनको अपोजिट बाल कलाकार अनुभव रेग्मी बाल्यकालको प्रेमको भूमिकामा रहनेछन् । 


छेतन गुरुङ्ग र सन्तोष सेनको संयुक्त रुपमा निर्देशन भइरहेको यस चलचित्रको कथा छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेका हुन्। चलचित्र निर्देशक सन्तोष सेन र विजय चामलिङ्ग मिलेर निर्माण गर्दैछन्।‘ चलचित्रमा प्रदीप र  क्रिस्टिनासँगै शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी सुनिल थापालगायतका कलाकारहरुको अभिनय रहनेछ। ‘अ फर्बिडन लभ स्टोरी’ भनिएको ‘प्रेमगीत ३’ नयाँ वर्षको छेको पारेर चैत २८ गतेबाट प्रदर्शनमा आउने छ। 










Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]