
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
भारतीय रियालिटि शो ‘सारेगमप लिटिल च्याम्प’मा नेपालबाट सहभागी जनाउँदै कार्यक्रमको फाइनलमा पुगी चौथो स्थान ओगटेका आयुष केसीले अब चलचित्रमा गीत गाउने भएका छन्। उनले चलचित्र ‘हजार जुनीसम्म’ बाट गायनमा डेब्यू गर्दै छन्। बाल कलाकार अनुभव रेग्मीको अभिनय रहेको यस चलचित्रको टाइटल गीत ‘हजार जुनीसम्म’मा आयुषले आवाज दिने भएका हुन्। अनुभवले आयुषको आवाजमा अभिनय गर्ने भएका छन्। यसै साता रेकर्ड हुने भनिएको गीतमा आवाज दिएर आयुषले सर्वाधिक दर्शकश्रोताको मन जित्ने बिश्वास गर्न सकिन्छ।
भाद्र ६ गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्र भेट्रान निर्देशक विकाश राज आचार्यले निर्देशन गरेका हुन् । निर्देशक र सामिप्यराज तिमिल्सेनाको पटकथा तथा संवाद रहेको चलचित्रमा पुरुषोत्तम प्रधानको छायाँकन रहेको छ भने अर्जुन जिसीको सम्पादन रहेको छ। चलचित्रमा उदयराज सोताङ्ग, राजनराज सिवाकोटी, बसन्त सापकोटा र प्रविन पौडेलको संगीत समावेश छ। स्वस्तिमा खड्का,आर्यन सिग्देल,प्रियंका कार्की,अनुभव रेग्मी,सलोन बस्नेत,संचिता लुइँटेललगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा कविता रेग्मी कार्यकारी निर्माता हुन् भने विशाल चाम्लिङ निर्माता हुन्। केही दिनअघि सार्वजनिक भएको यस चलचित्रको ‘आज नगद भोली उधारो’ बोलको आइटम गीतमा महिला निर्देशन तथा हास्यकलाकार दीपाश्री निरौला र नायक आर्यन सिग्देलले दमदार डान्स गरेका थिए । उक्त गीतलाई दर्शकले खुब रुचाएका छन्।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: