'भो माया लाउदिन' टिजर रिलिज, एक्शन फोकस

Posted on: July 30, 2019
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

नयाँ चलचित्र ‘भो माया लाउदिन’ को टिजर सार्वजनिक गरिएको छ । साइराम पिक्चर्सको ब्यानरमा तयार भएको यो चलचित्रको ४७ सेकेन्डको सार्वजनिक टिजरमा एक्शनलाई फोकस गरिएको छ । सबै नव–कलाकारहरुलाई लिएर तयार पारिएको यो चलचित्र म्याक्टेन कालुले निर्देशन गरेका हुन् । 

चलचित्र आउँदो दशैंलाई लक्षित गरी प्रदर्शन गर्ने तयारी भइरहेको निर्देशक कालुले जानकारी दिएका छन् । छिट्टै नै चलचित्रको ट्रेलर सार्वजनिक गरिने कालुले बताएका छन् । उनका अनुसार युवापुस्तालाई केन्द्रित गरी चलचित्र निर्माण गरिएको छ । चितवनमा छायांकन गरिएको ‘भो माया लाउदिन’मा ब्रिजन बिजार, प्रमिला बिसी, नवराज अधिकारी लगायतको अभिनय रहेको छ । मोफसलमा हाँस्य ब्यंग्य क्षेत्रमा उदाउँदै गरेका कलाकार नवराजले चलचित्रमा खलनायकको भूमिका निभाएका छन् । 

चलचित्रका निर्माता निर्देशक कालु नै हुन् । चलचित्रमा समावेश गीतमा अर्जुन पोखरेलको संगीत र अन्जु पन्तको स्वर रहेको छ । 

Teaser:



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]