
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
हाँस्य कलाकार शिवहरी पौडेलको डेब्यू निर्देशनमा बन्न लागेको चलचित्र ‘लक्का जवान’मा यसअघि अभिनेता दिलीप रायमाझीकी छोरी दिव्यालाई डेब्यू गराउने चर्चा निकै थियो। अमेरिकामा अध्ययन गर्दै आएकी दिव्याले चलचित्रमा कामगर्न हालचालै तयार नभएको बताएपछि यस चलचित्रमा नायिका बर्षा सिवाकोटी अनुबन्धित भएको खबर बाहिरिएको छ।
खबरका अनुसार बर्षा चलचित्र ‘बिर विक्रम २’ प्रदर्शनको लागी नेपाल बाहिर रहेकी छिन्। बर्षा र निर्माण टिम बिच चलचित्रकोलागि मौखिक सहमती भइसकेको छ। उनी नेपाल फिरेपछि लिखित सम्झौता पनि गरिने श्रोतको भनाई छ। हाँस्य कलाकार तथा यस कलाकारका सह-निर्माता किरण केसीको जन्मदिनको अवसरमा घोषणा गरिएको यस चलचित्रमा सह-निर्माताको रूपमा अभिनेता दिलीप रायमाझी पनि रहनेछन्। आमा बङ्गालमुखी फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा निर्माण हुने ‘लक्का जवान’मा ध्रुव पन्त र अनुसुया श्रेष्ठ पन्तको लगानी रहनेछ। चलचित्र पारिवारिक कथासँगै कमेडी जनरामा बन्ने बताइएको छ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: