आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
पुजन सिंहको निर्देशनमा निर्माण भएको चलचित्र ‘सोच’मा समावेश ‘तिमीले मलाई साहारा’ बोलको गीत सार्वजनिक भएको छ । शंकर अधिकारी घायलको शब्द रचनामा डिजे एलएक्सले संगीत दिएका छन् भने गीतमा योगेश काजी, जुनु गौतम र सुनीता थेगिङको स्वर रहेको छ। गीतको भिडियोमा अभिनेत्री नीता ढुंगाना र अभिनेता प्रज्वल गिरी फिर्चड छन् । उनीहरुलाई भिडियोमा रोमान्टिक मुडमा देख्न सकिन्छ ।
सोच फिल्मस् प्रोडक्शन एण्ड डिस्ट्रिब्युटर्सको ब्यानरमा निर्माण भएको चलचित्रमा नीता र प्रज्वलको अलवा नव-नायक पूजन सिंहको पनि प्रमुख भूमिका रहेको छ। यिनकासाथै चलचित्रमा किरण थापा, रितेश श्रेष्ठ, बिशाल पहाडीलगायतको अभिनय रहेको छ । भाद्र २० गतेबाट प्रदर्शनमा आउन लागेको यस चलचित्र एक्सन र लभस्टोरी फ्लेवरमा निर्माण गरिएको छ। कृष्ण आचार्यको पटकथा तथा संवाद रहेको चलचित्रमा रामजी लामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, एनबि महर्जनको द्वन्द्व निर्देशन, बिदुरको पाण्डे छायाकंन र प्रितम पाण्डेको सम्पादन छ । गंगा रजक प्रकाश र एस.डी निर्माता रहेको चलचित्र आरआर फिल्मस्ले बितरण गर्नेछ।
song:
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । नयाँ चलचित्र ‘सँग सँगै’ बन्ने भएको छ
December 06, 2019
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं । स्टेजमा युगल नृत्य गरेर वल्र्ड रेकर्ड
December 06, 2019
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: