
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।
छायांकनरत चलचित्र ‘लप्पन छप्पन २’को सेटबाट हालै एक तस्वीरमा सार्वजनिक भएको छ। एक्सन जनरामा निर्माण गरिएको यो चलचित्रको छायांकनको सेटबाट सार्वजनिक गरिएको तस्वीरमा भर्सटायल ४ अभिनेताहरु सौगात मल्ल, दयाहाङ राई, अर्पण थापा र अनुप विक्रम शाहीलाई देख्न सकिन्छ। मुकुन्द भट्टको निर्देशनमा छायांकन भइरहेको चलचित्रका केही दृश्य नेपालमा छायांकन गरी निर्माणटिम हाल यूरोप पुगेको छ। यूरोपका विभिन्न रमणिय ठाउँमा चलचित्रको छायांकन गर्दै टिम अष्ट्रेलिया तर्फ लाग्ने जानकारी पाइएको छ। अष्ट्रेलियाका बिभिन्न आर्कषक दृश्य पनि चलचित्रमा देखिने भएको छ।
चलचित्रको कथा एक अपराधीको खोजीमा आधारित छ। चलचित्र ‘लप्पन छप्पन’ बक्स अफिसमा असफल भएपनि दयाहाङ राई, अर्पण थापा, सौगात मल्ल र अनुप विक्रमको एकमुष्ट अभिनयले ‘लप्पन छप्पन २’ हेर्न दर्शकलाई लालाहित बनाउँने अनुमान गर्न सकिन्छ । मुख्य अभिनेत्रीको रुपमा नम्रता श्रेष्ठ र सुरविना कार्कीले आफ्नो भूमिका निभाइरहेको यस चलचित्र फागुण ९ गतेबाट प्रर्दशनमा आउँने छ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: