
आर्टिष्ट खबर/ भदौ,काठमाडौं ।
चलचित्र लभ यु हमेशाको प्रर्दशनमिति हेरफेर भएको छ। भदौ २७ मा प्रदर्शन हुने भनिएतापनि चलचित्रको प्रविधिक कारणले गर्दा चलचित्र पछि धकेलिएको निर्माण टीमको भनाई छ। धर्मा क्रिएसनको ब्यानरमा निर्माण भएको यस लभस्टोरी र एक्सन मिश्रित फ्लेवरको चलचित्रको नयाँ मितिसँगै नयाँ डिजाइनका पोस्टर पनि सार्वजनिक गरिएको छ।
मिलन गुरुङको सहनिर्माता र यवन गुरुङको प्रस्तुति रहेको चलचित्र स्वदेशका हलमा कार्तिक २२ गतेदेखि र यसअघिनै कार्तिक १५ मा इन्डियामा प्रदर्शन हुने भएको छ। नोभेम्बर १ मा भारतवाट प्रदर्शन थाल्ने चलचित्रका अधिकांश दृश्य भारतको कालेबुङ, सिलगुडी र काठमाडौमा छायांकन गरिएको हो। भाष्कर प्रधान निर्देशित यस चलचित्रमा फिजा योन्जन,यशराज गरच,ऋचा थापा,गोपाल ढकाल,शिसिर राणा,पिटी योल्मा,प्रमिला राई,करुणा श्रेष्ठ,सल्देन तामाङ लगायतको अभिनय रहेको छ । कथा निर्देशन भास्करकै रहेको चलचित्रमा एनबि महर्जनको द्धन्द्ध निर्देशन, भासुको संगीत,कमल राईको कोरियोग्राफी, शिब ढकालको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: