
आर्टिष्ट खबर / भदौ, काठमाडौं ।
रामबाबु गुरुङको निर्देशन रहेको चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’को तेस्रो गीत ‘माया पिरती’ सार्वजनिक भएको छ। गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटाको स्वर ,संगीत र शब्द रहेको गीतमा अभिनेता दयाहाङ राई र अभिनेत्री उपासना सिंह ठकुरी रोमान्टिक मुडमा देखिएका छन्। गीतमा उनीहरुको गहिरो प्रेम प्रस्तुत गरिएको छ ।
स्वजातिय विवाह र अन्तर्जा्तिय प्रेम सम्बन्धको अन्तरद्वन्द्वको कथामा आधारित चलचित्रमा दयाहाङ र उपासनासँगै विल्सन विक्रम राई, कर्मा शाक्य, बुद्धि तामाङ,विजय बराल, रिश्मा गुरुङ, माओत्से गुरुङ, अरुणा कार्कीर कमलमणी नेपाललगायतका कलाकारहरुको पनि अभिनय छ । बासुरी फिल्मस्को निर्माण, सिनेमा आर्टको प्रस्तुति, माउण्टेन स्टोरिज र नौमती इन्टरटेन्मेन्टको सहकार्यमा निर्माण भएको चलचित्रको कथा निर्देशक गुरुङ र उपेन्द्र सुब्बाले तयार पारेका हुन्। निमेश श्रेष्ठले सम्पादन गरेको चलचित्र शैलेन्द्र डि.कार्कीले खिचेका हुन्। मणीराम पोखरेल,अर्जुन कार्की र ओम चन्द्र रौनियार निर्माताको रुपमा रहेको यो चलचित्र असोज ३ गतेबाट देशव्यापी प्रदर्शनमा आउने तयरीमा रहेको छ।
song:
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: