आर्टिष्ट खबर/ असोज, काठमाडौं ।
आउँदो कात्तिक ८ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘पोई पर्यो काले’ को ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनारामा निर्माण भएको चलचित्रको ट्रेलर काले पोईको कथामा केन्द्रित छ । चलचित्रका मुख्य कलाकार सौगात मल्ल, श्रृष्टी श्रेष्ठ, पुजा शर्मा, आकाश श्रेष्ठ, सोहित मानन्धर लागायत फिचर्ड ट्रेलरमा गोरे पोईको खोजी गर्दा गर्दै अन्त्यमा काले पोई पर्दाको अवस्थालाई चित्रण गरिएको छ ।
शिशिर राणाको कथा तथा निर्देशनमा तयार भएको चलचित्रका प्रस्तुतकर्ता किरण नेपाली हुन् भने कार्यकारी निर्माताको रुपमा अमला देवी राई रहेका छन्। चलचित्र राजिब गुरुङ (दीपक मनाङ्गे) र सरोज नेपालीको संयुक्त लगानीमा निर्माण भएको हो ।
चलचित्रमा नायिका सुरक्षा पन्त अतिथी भूमिकामा देखिनेछिन् । फिल्ममा किरण नेपाली, श्रृष्टी खड्का, शिशिर राणा, राजाराम पौडेल, बिन्दा खतिवडा, श्याम राई, गोपाल ढकाल (छन्दे), राजेन्द्र नेपाली लगायतको समेत अभिनय रहेको छ । लाल बहादुर खाती र अर्जुन पोखरेलको संगीत रहेको फिल्ममा कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, शिव ढकालको छायांकन, तारा थापा (किम्भे)को सम्पादन रहेको छ ।
video:
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत
January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: