रिलिजमा 'छ माया छपक्कै', क्युएफएक्समा ४२ शो

Posted on: October 11, 2019
आर्टिष्ट खबर/ साउन, काठमाडौं ।

प्रतिक्षित चलचित्र ‘छ माया छपक्कै’ आज शुक्रबारबाट अलनेपाल प्रदर्शनमा आएको छ । प्रत्यक बर्ष दशैंको टिका अघिनै प्रदर्शन हुँदै आएको दीपक दीपाको टिमको यो चलचित्र अहिले भने शो बढी पाउने अभिलासाले टिकापछि प्रदर्शनमा आएको हो । चलचित्रले क्युएफएक्स चेनमा जम्मा ४२ शो पाएको छ । काठमाडौंभित्र २२ र काठमाडौं बाहिर २० शो पाएको छ ।

दीपेन्द्र लामाले निर्देशन गरेको यो चलचित्रमा कथा पनि लामाकै छ । आमा सुरस्वती मुभिजले रोहित अधिकारी फिल्मस् र आईएमईसँग सहकार्य गरेर निर्माण गरेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, केकी अधिकारी, सुपुष्पा भट्टलगायतको अभिनय रहेको छ । चलचित्रमा रोहित अधिकारीको लगानी रहेको छ ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]