अमेरिका प्रिमियरबाट 'मिस्टर नेपाली'लाई सकारात्मक प्रतिक्रिया

Posted on: November 12, 2019
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।  

चलचित्र ‘मिस्टर नेपाली’ अमेरिकामा प्रिमियर गरिएको छ । टेक्सासमा गरिएको प्रिमियरमा सहभागी दर्शकले चलचित्रलाई राम्रो प्रतिक्रिया दिएका छन् । विदेशमा बस्ने नेपालीले आफ्ना छोराछोरीलाई मिस्टर नेपाली फिल्म देखाउन आवश्यक रहेको प्रतिक्रिया दिएका थिए । केही दर्शकले भने फिल्मले खुबै हसाँएको पनि बताए । उनीहरुले राष्ट्रियताको कथा उठान गरेकाले पनि फिल्म विदेशमा बस्ने नेपालीका लागि अझै रोचक हुने प्रतिक्रिया दिए ।

देव भुषालको निर्देशनमा बनेको यो फिल्ममा भुवन केसी, रीमा विश्वकर्मा, साहिल श्रेष्ठ, कुसुम राउत, रवि डंगोल लगायतका कलाकारको मुख्य भूमिका छ । फिल्म प्रेमराज दाहालको निर्माणमा बनेको हो । यो चलचित्र नेपालमा भने आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने तयारीमा छ ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]