ट्रेलरमा हेर्नुस् '१२ सत्ताइस'

Posted on: November 14, 2019
आर्टिष्ट खबर/ कात्तिक, काठमाडौं ।  

आउँदो मंसिर २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक गरिएको छ । बुधबार राजधानीस्थित बिग मुभिजमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । 

लाइट कमेडी जनरामा निर्माण भएको यो चलचित्रको सार्वजनिक ट्रेलरमा पैसा कमाउनको लागि १२ सत्ताइस गर्ने कथा देखाउँन खोजिएको छ । जोन योञ्जनले निर्देशित चलचित्रमा समिर श्रेष्ठ, अभिषेक नेपाल, काजी राना, अस्मिता लामिछाने, सम्राट थापा, अभोन राज लगायत कलाकारको अभिनय रहेको छ ।

चलचित्र रेणु राना, दिपक खातियोडा, र रुपक थापाले निर्माण गरेका हुन् भने चलचित्रका लागी सहनिर्माताको रुपमा गौतम शाहाको लगानी रहेको छ। चलचित्रको कथा निर्देशक जोनले नै तयार पारेका हुन् । अनिश श्याङदेनले छायांकन गरेको चलचित्र कृष्ण भण्डारीले सम्पादन गरेका छन् ।

Trailer:



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]