
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।
प्रेम कथामा नयाँ वेब सिरिज (इन्टरनेटबाट हेर्न पाइने सिरियल) बन्ने भएको छ । पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरुमाझ वेब सिरिलले लोकप्रियता पाउँदै गएको अवस्थामा ‘लभ यू’ शीर्षकमा निर्माण हुने भएको हो ।
म्यूजिक भिडियो निर्देशनको अनुभव संगालिसकेका मनोज विस्टले यो वेब सिरिजको निर्देशन गर्दैछन् । यसको कथा मन्दिप गौतमले लेखेका हुन् । उनी अभिनेता प्रदीप खड्का स्टारर फिल्म ‘प्रेमगीत ३’ का लेखक समेत हुन् । चाँडै छायांकनमा जान लागेको ‘लभ यू’ वेब सिरिज च्यानल फोरबाट प्रशारण हुनेछ । भने, एमवी क्रिएशनमार्फत् युट्युबमा हेर्न सकिनेछ ।
युवा अवस्थाको प्रेमलाई आधार बनाएर निर्माण हुन लागेको यो वेब सिरिजमा दिव्य दाहाल, रविन विष्ट, सरिता थापा, सुमन घिमिरे, दीपिका दाहाल, प्रवेश दाहाललगायतका कलाकारहरुको अभिनय रहनेछ । यसमा दिव्य र सरिताको जोडी बाँधिएको छ । दिव्यले यसअघि केही म्यूजिक भिडियोमा अभिनय गरिसकेका छन् । अभिनयको थप अनुभव हासिल गर्न वेब सिरिजमा हात हालेको उनको भनाई छ ।
चाँडै नेपाली चलचित्रमा समेत डेब्यू गर्न लागेका दिव्य ‘लभ यू’ वेब सिरिजले दर्शकको मन जित्नेमा आशावादी छन् । उनी भन्छन्, ‘पछिल्लो समय वेब सिरिज दर्शकको रोजाई बन्न थालेको छ । ‘लभ यू’ लाई पनि मन पराउनुहुन्छ भन्नेमा विश्वस्त छु । यसमा मैले लभर ब्वाईको भूमिका निभाउँदैछु ।’ निर्देशक विष्टले वेब सिरिजको प्रत्येक नयाँ श्रृंखला मंगलबार टिभीमा प्रशारण भएपछि युट्युबमा सार्वजनिक हुने बताए ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: