
आर्टिष्ट खबर/ मंसिर, काठमाडौं ।
अहिले गीतसंगीतको सफलताको मापन यन्त्र युट्युवको भ्युज बन्न थालेको छ । छोटो समयमा धेरै भ्युज आएमा त्यसलाई लोकप्रियता मानिने गरिन्छ । त्यसैले पनि भ्युज केन्द्रित भिडियोहरु बन्न थालेका छन् । यसका साथै चलचित्र ‘म यस्तो गीत गाउँछु २’को गीत सार्वजनिक भएसँगै दर्शकको सकारात्मक प्रतिक्रिया आइरहेका छन् ।
अभिनेता पल शाह र अभिनेत्री पूजा शर्माको जोडीलाई भिडियोमा देख्न सकिन्छ । यसअघि चलचित्रको पर्दामा हेरिसकेका दर्शकपनि फेरी यो चलचित्रमा यो जोडीलाई सँगै देख्न पाउनेछन् । गएको बिहीबार सार्वजनिक भएको गीतलाई सोमबारसम्म १४ लाख बढी पटक हेरिएको छ । र प्रतिक्रियालाई हेर्दा यो जोडीलाई फेरी एक पटक मन पराइएको बुझ्न सकिन्छ । गीतमा ८० हजार बढी लाइक आएका छन् भने करिब ९ हजारले प्रतिक्रिया दिएका छन् ।
चलचित्रको पहिलो गीत ‘तिम्रो घरको वरिपरि’मा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर रहेको छ । गीतमा अहिलेका चर्चित सङ्गीतकार अर्जुन पोखरेलको शब्द तथा सङ्गीत रहेको छ । नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा खिचिएको गीतको भिडियोमा पल र पूजा रोमान्टिक अवतारमा प्रस्तुत भएका छन् । सात दिन लगाएर खिचिएको रोमान्टिक गीतमा पाँच सयभन्दा बढी कोरसको नृत्य देख्न सकिन्छ । सुदर्शन थापा र पूजा शर्मा निर्माता रहेको ‘म यस्तो गीत गाउँछु २’ फागुन २३ मा प्रदर्शन हुने तयारीमा छ ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । नयाँ चलचित्र ‘२ नम्बरी’को प्रदर्श
August 09, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अमेरिकाको एटलान्टामा ४ देखि ७ अगष
August 09, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: