आर्टिष्ट खबर/ चैत, काठमाडौं ।
चर्चित सञ्चारकर्मी ऋषि धमलाकी पत्नी एलिजा गौतम बेलाबेला चर्चामा आइरहन्छिन्। कहिले आफ्नो व्यक्तिका कारण कहिले आफ्नो पहिरनका कारण चर्चामा आइरहने उनी हाल उनको अभिनय रहेको पहिलो चलचित्र ‘अनुराग’का कारण चर्चामा छिन् । केही दिन अघि लकडाउनका कारण युट्युबमा केही चलचित्र सार्वजनिक गरिएको थियो । जसमध्य नेपाली कथानक चलचित्र ‘अनुराग’ ओ.एस.आर. डिजिटलमार्फत युट्युबमा सार्वजनिक गरिएको थियो । उक्त चलचित्रमा एलिजाको अभिनयको अत्यधिक आलोचना भइरहेको छ। आफैंले चलचित्र निर्माण गरेर आफैं नायिका भएको र अभिनय पटक्कै गर्न नजानेको भन्दै उनको चर्को आलोचना भइरहेको छ । यस कुरालाई एलिजा आफैंले अभिनयमा आउन आफूले हतार गरेका कारण आलोचित बन्न परेको स्विकार गरेकी छिन्। चलचित्र हेरेका दर्शकहरु कतिले उनलाई साना छोरा छोरी भइकन पनि यतिको अभिनय गरेकै हो भन्दै आगामी दिनकालागि हौसलासँगै शुभकामना दिएका छन् भने धेरै जसो दर्शकहरुले उनको अभिनयको खिल्ली उडाइरहेका छन् । यस्तैमा ट्रोल कलिउड नामको फेसबुक पेजले चलचित्र अनुरागको ट्रोल बनाएको छ। चलचित्रको पोस्टर पोष्ट गर्दै लेखिएको छ, ‘जिन्दगीमा ठूलो गल्ती गर्नबाट जोगिएछु, अनुराग हलमा नहेरेर । निर्माता तथा निर्देशकमा बिन्ती, यस्तो चलिचित्र नबनाउनु होला । जुन चलचित्रले गर्दा नेपाली चलचित्र क्षेत्र नै बदनाम हुनेछ, नेपाली चलचित्र प्रेमीको मन भड्किन सक्छन् । चलचित्र हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला ।’ भन्दै पोष्टसँगै चलचित्रको लिंकपनि राखिएको छ ।
यसैबीच एलिजाले आफ्नो आधिकारिक फेसबुक पेजमा उक्त ट्रोल प्रति आक्रोश पोख्दै लेखेकी छिन्, ‘मेरो पहिलो प्रयास, मेरो पहिलो फिल्म । सानै देखिको रहर मेरो हिरोइन बन्ने थियो । यतिखेर जुरेछ मलाई यो फिल्म गर्न । दोस्रो सन्तान छोरा जन्मेको ३ महिनाको छोरा मेरो मम्मीलाई हेर्न दिएर अनुराग फिल्म बनाएँ, खेलेँ ।’ अमिताभ बच्चन, ऋषि कपुरजस्ता महानायकको फिल्म त ५ वटा फिल्म गर्दा बल्ल चल्छ भने हामी को हौं र एकैचोटी हिट हुने ? ट्रोल कलिउड तपाईं कहाँको सुपरस्टार हो? मान्छे एकपटक लड्यो भन्दैमा एकचोटी फिल्म फ्लप भयो भन्दैमा मानहानी गरेर मान्छे मार्न खोज्ने ? निर्माता, कलाकारको बेइज्जत गर्ने को हो तपाईं, कसले दियो तपाईंलाई अधिकार हँ ?' त्यसपछि उनले अर्को स्टेटस पोस्ट गरेकी छिन् । जहाँ ट्रोल कलिउडविरुद्ध साइबर क्राइमको मुद्दा हालेको पनि जानकारी दिएकी छिन्। उक्त स्टेटसको कमेन्टमा 'जाबो एउटा ट्रोल सहन नसक्ने' भनि फेरी उनलाई अडियन्सले खेदो खनिरहेका छन्।
सांगितिक प्रेमकथामा आधारित उक्त चलचित्र सत्यराज चौलागाँईले निर्देशन गरेका हुन् । ऋषिराज धमलाको प्रस्तुतिमा तयार भएको चलचित्रमा एलिजासँगै समुन्द्र पण्डित, ठिलेन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौलालगायत चर्चित कलाकारहरुको मुख्य भूमिका रहेको छ । रामकुमार केसीको छायांकन, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद रहेको चलचित्रमा सरोज पोखरेल र ताराप्रकाश लिम्बुको संगीत रहेको छ । चलचित्र निर्मातामा भरत गौतम र गीता भेटवाल रहेका छन् ।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत
January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: