आर्यन–साम्राज्ञीको ‘कायरा’ : फ्यानका लागी सुपप्

Posted on: August 05, 2018
आर्टिष्ट खबर/ साउन, काठमाडौं । 

गएको शुक्रबार (साउन १८) बाट प्रदर्शनमा आएको चलचित्र ‘कायरा’ले सुखद ब्यापार गरेको छ । बर्षायामको समयमा पनि दर्शकको संख्या हलमा राम्रै देखिएको छ । यो चलचित्रले सिंगल भन्दा मल्टिप्लेक्सका दर्शक बढी कमाएको छ । चलचित्रमा नायक आर्यन सिग्देल र नायिका साम्राज्ञी राज्य लक्ष्मी शाहको मुख्य भूमिका छ । यी दुईको प्रेमकथा चलचित्रमा देखाइएको छ ।

चलचित्र प्रदर्शन भएसँगै आर्यन र साम्राज्ञी राजधानीका ठुलाहलहरुमा दर्शकको प्रतिक्रिया बुझ्न पुगेका थिए । बिशेषगरी शनिबार बिदाको दिनमा दर्शकको संख्या अन्य दिनभन्दा बढी हुनेभएकाले उनीहरु राजधानीका ठुला हलमध्येका गोपिकृष्ण, अष्टनारायण लगायतका हलमा पुगेका थिए । डेढबर्षको अन्तरपछि आर्यन अभिनित चलचित्र हेर्न पाउँदा अधिकांश दर्शक खुसी देखिन्थे । धेरै दर्शकले आर्यन र साम्राज्ञीको जोडी मिलेको र आगामी चलचित्रमा पनि यो जोडी देखियोस् भन्दै बाहिरिएका थिए ।


फ्यानका लागी सुपप्

चलचित्र समिक्षकहरुले ‘कायरा’लाई धेरै ग्रेडिङ त दिएका छैनन् । कथा तथा मेकिङलाई औषत मानिएतापनि आर्टिष्टका फ्यानहरुका लागी भने सुपप् भनेका छन् । आर्यन र साम्राज्ञीको चलचित्र कुरेरै बस्ने फ्यानहरुका लागी चलचित्रले मज्जाले प्यास मेटाउने केहि समिक्षक तथा सञ्चारकर्मिहरुले बताएका छन् । ‘प्राविधिक तबरबाट हेर्दा केहि त्रुटी पक्कैपनि छन् तर फ्यानहरुका लागी उत्कृष्ट चलचित्र हो’, हलमै पुगेका एक रंगपत्रकारले आर्टिष्ट खबरसँग भने । यस्तै चलचित्र हेरेर निस्किएका दर्शकले राम्रो प्रतिक्रिया दिएका थिए । बालाजु बस्दै आएका सरोज नाम गरेका अष्टनारायण हलका एकजना दर्शकले धेरैपछि आर्यनको राम्रो चलचित्र हेर्न पाएको बताए । ‘मैले आर्यनको कुनैपनि चलचित्र छुटाएको छैन, फेरी लामोसमय पछि राम्रो चलचित्र हेर्न पाइयो’ सरोजले भने । यस्तै चावहिलका मिनराज नाम गरेका दर्शकले ‘गोपिकृष्ण’हलमा चलचित्र हेरिसकेपछि आर्यन र साम्राज्ञी दुबैको ठुलो फ्यानभएकाले आफूलाई निकै राम्रो लागेको प्रतिक्रिया दिए । उनले यी दुई कलाकारको कुनैपनि चलचित्र नछुटाउने बताए । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]