एसएलसीमा तेस्रो श्रेणीमा पास भएका 'मुन्द्रे' सँग एसएलसी गफ

Posted on: June 21, 2015
jitu nepal 'mundre''असार, काठमाडौं । हाँस्य टेलिश्रृंखला जिरे खुर्सानीका लेखक तथा निर्देशक जितु नेपाल लाई चिन्ने मान्छे कमै होलान् तर जिरे खुर्सानीका मुन्द्रे भन्ने हो भने ए.. ए.. मुन्द्रे ? भनेर दर्शकहरुले सहजै कानमा मुन्द्रा लगाएका र एसएलसीमा थड डिभिजनमा पासभएका तिनै मुन्द्रेको दृश्य आँखा अगाडि सम्झन्छन् । पर्दामा मुन्द्रा लगाएर र एसएलसीमा तेस्रो श्रेणीमा पासभएको भनेर नै दर्शकको मन जितेका मुन्द्रे वास्तविक जीवनमा भने बि.सं. २०४७ सालमा एसएलसीमा दोस्रो श्रेणीमा उर्तिण भएका हुन् । उनै मुन्द्रे अर्थात जितु नेपालसँग आर्टिस्ट खबरले गरेको एलएलसी गफः   तपाईको आफ्नो एलएलसी जीवनलाई फर्केर हेरौं न । मैले बिंसं. २०४७ सालमा मेरौ गृह जिल्ला सिन्धुपाल्चोकमै रहेको जाल्पा मा.बि. बाट एसएलसी दिएको हुँ । त्यतिखेर एसएलसी भन्ने कुरा निकै ठुलो थियो । मैले पढेको बिद्यालयबाट त्यो साल एसएलसीमा पास हुने जम्मा ५ जना थिए र त्यसमा म पनि परेको थिए । म दोस्रो श्रेणीमा पास भएको थिए । त्यतिखेर त पास हुनु मात्रै पनि ठुलो कुरा थियो, घरपरिवार र समाजमा कस्तो सम्मान मिल्यो ? पक्कै पनि , त्यो बेलामा एसएलसी पास गर्ने मान्छेलाई छुट्टै नजरले हेरिन्थ्यो । त्यो बेलामा धेरै एसएलसी पास हुँदैनथे । फष्ट डिभिजन ल्याउन गाह्रै पथ्र्यो पास मात्र भएपनि उच्च सम्मान पाइन्थ्यो । म त झन् थड डिभिजन भन्दा माथि सेकेन्ड डिभिजनमा पास भएको मान्छे घरमा त धेरै खुसी हुनुभयो । गाउँघरमा पनि सबैले राम्रो मान्न थाले । एसएलसी दिने बेला सम्म कस्तो स्वभावको हुनुहुन्थ्यो ? त्यो बेलामा चन्चले स्वभाव कै थिएँ । पढ्न त्यति धेरै मन लाग्दैनथ्यो तर एसएलसीको बेलामा सबै साथीहरुले पढेको देख्दा पास हुनुपर्छ भन्ने भावना जाग्यो, अनि पढिएछ, पास पनि भइयो एकै पटकमा । एसएलसीको रिजल्ट आउने बित्तिकैको अनुभव कस्तो रह्यो ? त्यतिखेर त अहिले जस्तो इन्टरनेट र मोबाईलबाट रिजल्ट हेर्न पाईदैन्थ्यो । गोरखापत्रमा आउँथ्यो । मलाई फष्ट डिभिजन आउँछ भन्ने आसै थिएन त्यहि भएर पत्रिका ल्याएर सिधै सेकेन्ड डिभिजनको लिष्टमा हेर्दै गएँ मेरो नाम पनि रहेछ अनि निकै खुसी लाग्यो त्यसपछि दगुर्दै घरमा गए । दिदि भाईले सँगै एसएलसी दिएका थियौं म चाँहि पास भएँ तर दिदि लाई एक बिषय लाग्यो पछि पास गर्नुभयो । परिक्षामा चिट चोर्नु भएन ? चोरियो नि । त्यो बेला अरु बिषयमा त चोरिन इंग्लिसको बिषयमा चाँहि चिट चोर्ने आँट गरियो । त्यो बेलामा टोपि लगाउँथेँ टोपिमा इग्लिसको चिट लगेको थिए धन्न सरले देख्नुभएन मज्जाले सारियो । सरले सिधै आएर टोपि तान्ने होकि भनेर निकै डराएको थिए तर तान्नुभएन । एसएलसी पछि को कलेज लाईफ कस्तो रह्यो ?mundre - jitu nepal एसएलसी पास भएपछि क्याम्पस पढ्न काठमाडौं आईयो । एसएलसी पछि कलाकारिता क्षेत्रमा लागियो त्यहि भएर पनि  पढाईमा त्यति धेरै ध्यान दिएर पढिएन । कलेज गईएन, जमल बाट प्राईभेट दिएको हुँ । अहिले जिरे खुर्सानीमा थड डिभिजनमा पास भएको भनेर हिट हुनुहुन्छ, किन थड डिभिजन नै भन्नुभएको वास्तविकमा त सेकेन्ड हुनुभएको रहेछ । अब त्यो बेलामा एसएलसी पास भन्ने कुरा नै निकै ठुलो थियो । त्यतिखेर सेकेन्ड, थड भन्दा पनि पास भए पुग्थ्यो । अहिले जस्तो प्रसेन्ट को महत्व थिएन । जिरे खुर्सानीमा पनि समाजको परिवेशलाई हेरेर एसएलसीमा थड डिभिजन ल्याएर पासभएको भन्दा दर्शकलाई अझ रमाईलो होला भनेर त्यस्तो गराएका हाँै. । पछिल्लो समय एसएलसीको परिक्षालाई लिएर कतिपय बिद्यार्थीहरुले आत्महत्या जस्तो गलत बाटो समेत रोजेको पाईन्छ त्यसमा मुन्द्रेको भनाई ? त्यो एकदम गलत हो । आफुले गरेको कार्यमा सधैं सफल भईन्छ भन्ने हुँदैन । काम गर्दै जाँदा कहिले काँही बिग्रन्छ, कहिले काँही नराम्रो हुन्छ । पढ्दा पनि सधै पास भईन्छ भन्ने हुँदैन, कहिले काँही फेल भईयो भने पनि फेरी पढेर पास हुन्छु भन्ने सोच्नु पर्छ । एसएलसीमा फेल भएँ अब सबै थोक नै खत्तमै भयो, भन्ने गलत सोच राखेर गलत निर्णय लिनु हुँदैन ।  हिम्मत गरेर अगाडि बढ्नु पर्छ सफलता मिल्छ । त्यसैले भाईबहिनीहरुलाई मेरो सल्लाह पढ्नुस अहिले फेल भइयो भनेर जीन्दगीनै खत्तम भयो भन्ने सोच्दै नसोच्नुस । प्रस्तुतीः गोपिकृष्ण


Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]