भ्रमण बर्षलाई लक्षित गरी जुनुको मुस्ताङ गीत

Posted on: January 06, 2020
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।  

नेपाल भ्रमण बर्ष सन् २०२० लाई लक्षित गरी मुस्ताङको चिनाउने उद्देश्यले  ‘हिमाल पारी लोमन्थाङ गाउँ’ को गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । गायिका जुनु रिजाल को स्वर रहेको उक्त गीतमा मुस्ताङका रमणीय ठाउँहरुलाई देखाइएको छ । 

भिडियोमा मुुस्ताङको सांस्कृतिक महत्व बोकेका धरोहर सँगै अनौठा भूगोल, मौलिक तथा पौराणिक कला संस्कृति, स्थानीय रहनसहन, भेषभूषा र धार्मिक स्थलहरुमा छायांकन गरिएको हो । गीतमा गीतमा रमेश बिजीको शब्द रचना र बीबी अनुरागीको संगीत रहेको छ । राजेश घिमिरेले खिचेको भिडियो बिष्णु शर्माले सम्पादन गरेका हुन् भने प्रकाश भट्टले निर्देशन गरेका हुन् । भिडियोमा निशा गुरुङ, रामजी खांड र संगीता थापा मगर को अभिनय रहेको छ । यसअघि रामजी खाँण र संगीता थापा मगरको स्वरमा रहेको लोमन्थाङमै बसम् बोलको गीत सार्वजनिक गरिएको थियो । जुन गीतले पनि मुस्ताङलाई प्रमोट गरेको छ ।   

Video:



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]