
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।
गायक टंक बुढाथोकीको रातो गुलाब बोलको नयाँ गीत सार्वजनिक भएको एकदिनमै लोकप्रियता बटुल्न थालेको छ । टंक र कविता सिवाकोटीको स्वरमा रहेको उक्त गीतको भिडियो निर्माणमा बिशेष ध्यान दिइएकोले पनि युट्युवमा हेर्ने दर्शकको संख्या बढिरहेको छ ।
यस समाचार तयार पार्दासम्म यो गीतको भिडियोले साढे तीनलाख भ्युज पाइसकेको छ भने २३ हजार बढी लाइक र १४ सय बढी प्रतिक्रिया पाएको छ । यस्तै नेपालको युट्युव ट्रेन्डिंगको ३८ औं स्थानमा आएको छ ।
टंककै शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा नायक पल शाहले नृत्य गरेका छन् । यस्तै चर्चित बाल गायक अशोक दर्जी, एआर बुढाथोकीले पनि नृत्य गरेका छन् त्यसैले पनि दर्शकले यसगीतको भिडियो बिशेष मानेका छन् । भिडियोमा बिना राउत, सोभित बस्नेतसँगै बाल कलाकार आयुष गुरागाई र अँशु गुरागाईले पनि नृत्य गरेका छन् । भिडियोमा कविराज गहतराजले कोरियोग्राफि गरेका हुन् ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: