'बिस्तारै बिस्तारै'को फिमेल भर्जनमा सृशा कुँवर

Posted on: January 13, 2020
आर्टिष्ट खबर/ पुस, काठमाडौं ।

गायिका तथा मोडेल सृशा कुँवरले ‘बिस्तारै बिस्तारै’को फिमेल भर्जनमा स्वर दिएकी छिन् । रोहित क्षेत्रीको शब्द संगीत संयोजनमा रहेको उक्त गित ४ बर्ष पहिले रोहित क्षेत्रीकै आबाजमा निकै चर्चित तथा लोकप्रिय बनेको थियो । 

अहिले सोहि गित गायिका सृशा कुँवरको आबाजमा उत्तिकै मिठास शब्द र संगीतका साथ बजारमा आएको छ । तुला पर्बतको निर्देशन रहेको म्युजिक भिडियोमा गायिका सृशा कुँवरको मुख्य अभिनय रहको उक्त म्युजिक भिडियो वाईड स्क्रिन मिडियालेले बजारमा लिएको हो । मेल भर्जनमा निकै लोकप्रिय बनेको यो गित अहिले युट्युबमा झन्डै ५० लाखले हेरेका छन् । 

Video:



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]