हरिवंशको नयाँ गीत

Posted on: January 27, 2020
आर्टिष्ट खबर/ माघ, काठमाडौं । 

वरिष्ठ हाँस्य अभिनेता हरिवंश आचार्यको स्वरमा रहेको ‘म त फसेँ माकुरीको जालमा परेर’ बोलको नयाँ गीत सार्वजनिक गरिएको छ ।  महसञ्चारमार्फत सार्वजनिक गरिएको गीतमा हरिवंशलाई गायिका टिका प्रसाईले स्वरमा साथ दिएकी छन् । 

हिरण्य भोजपुरेको शब्द र हरिशरणको संगीत रहेको गीतको भिडियो गायक हरिवंश र गायिका टिकानै देखिएका छन् । आराध्या लक्ष्मी खड्गीको निर्देशन रहेको भिडियोमा सोहन मानन्धरको छायाँकन र सम्पादन छ । पछिल्लो समय हरिवंशले गायनलाई पनि निरन्तरता दिइरहेका छन् । केहि आगाडी उनले ‘बुढो मन छैन’ बोलको गीत ल्याएका थिए ।



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]