सुगमको 'लाखौमा एक तिमि' गीत

Posted on: January 29, 2020
आर्टिष्ट खबर/ माघ, काठमाडौं ।

गायक सुगम पोखरेलको आवाजमा ‘लाखौमा एक तिमि’ बोलको गीत सार्वजनिक गरिएको छ । मनोज सिग्देलको शब्द र संगीत रहेको यस गीतमा गीतकार सिग्देल र मोडल बिन्दु दवाडीलाई फिचर्ड गरिएको छ । 

यस अघि ‘आफु भन्दा जेठी’ बोलको गीतबाट शब्द र अभिनयमा नाम कमाएका सिग्देलको यो संगीतमा रहेको गीतले पनि नेपाली सांगीतिक बजारमा राम्रो नाम कमाउनेमा आशावादी छन् । गायक सुगम पोखरेलको आवाज रहेको यस गीत गायक पोखरेलको पनि सोलो गीत धेरै पछी आएको  हो । ‘यस गीत बाट मैले निकै राम्रो आशा गरेको छु  ।मेरा सोलो गीतहरु प्राए सबै जसो हिट छन् यस बाट पनि म ढुक्क  छु’ गायक पोखरेलले भने । गीतलाई गोपाल रशाईलिले एरेन्ज गरेका हुन् ।

शान थापाले निर्देशन गरेको भिडियो अर्जुन तिवारीले खिचेका छन् भने सम्पादन इन्टेन्सिभ एल्डले गरेका छन् । भिडियोमा राजिब समरको कोरियोग्राफी रहेको छ । 



Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]