
आर्टिष्ट खबर/ फागुन, काठमाडौं ।
‘मुन्नी’ अर्थात् प्रियना आचार्य र लोकप्रिय कलाकार नाजिर हुसेनको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । उनीहरुले अभिनय गरेको ‘रेल गाडी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो। गीतको भिडियो विहीबार मायालु इन्टरटेनमेन्ट युट्युव च्यानलबाट सार्वजनिक गरिएको छ । पछिल्लो समय हिट गित दिन सफल समीर आचार्य र सुरेखा क्षेत्रीको आवाजमा रहेको गीतमा सन्तोष सुनारको शब्द संगीत रहेको छ।
‘सक्किगोनी’का श्रृङ्खला निर्देशक एवम् कलाकार दीपक आचार्य काकुको निर्देशनमा बनेको गीतको भिडियोमा प्रियाना र नाजिरका साथै गायक समिरको पनि अभिनय रहेको छ।
सागर मगरको कोरियोग्राफी रहेको गीतमा अर्जुन तिवारी र टिमको सिनेम्याटोग्राफी रहेको छ। गीतको भिडियोलाई चन्दन दत्तको सम्पादन रहेको छ ।
आर्टिष्ट खबर/ साउन, काठमाडौं । भगवान श्रीकृष्णको जन्मदिन अर्थात
August 15, 2022
आर्टिष्ट खबर/ साउन, काठमाडौं । अभिनेता तथा निर्माता विक्रम डि जो
August 15, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: