राहुल र समिताको युगल युगल गीत

Posted on: February 27, 2020
आर्टिष्ट खबर/ फागुन, काठमाडौँ ।

नव गायिका मोडल समिता श्रेष्ठ र राहुल रक्सको गीत ‘मुटु र तिमी मा’ सार्वजनिक गरिएको छ । गीतमा समिता श्रेष्ठ र राहुल रक्सको स्वर, सुरज अधिकारीको शब्द संगीत रहेको छ भने महाराज थापाले संगीत संयोजन गरेका छन् । यस अघि दर्जन गीतमा स्वर दिई सकेका प्रतिभावान गायक राहुल र समिताको यो गीतमा केमेस्ट्री जमेको छ ।

संचारकर्मी तथा मोडल विकाश लामिछाने संग गायिका समिता आफै भिडियोमा फिचर्ड छिन। काठमाडौँ , सिन्धुली तथा रामेछापको रमणिय स्थलहरुमा छायांकन गरिएको यस गितको भिडियोलाई नव ढुंगेलले निर्देशन गरेका हुन्। भिडियोमा माधव बेल्बासेको सम्पादन, अमृत सुनुवारको डि। ओ। पी मा आभास बज्राचार्यको छायांकन रहेको छ भने कोरियोग्राफी हेमन गुरुङले गरेका छन् ।




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
Editor:Gopi Krishna Chapagain
सूचना विभाग दर्ता नंः २६७४/०७७-०७८
Contact: +9779851279301
Email: [email protected]