आर्टिष्ट खबर/जेठ,काठमाडौं ।
बिगत एक दशक भन्दा लामोसमय देखि सांगीतिक क्षेत्रमा पाइला चाल्दै आएका लोक तथा दोहोरि गायक कृष्ण प्रसाद काफ्लेको लोकदोहोरी गीत 'एउटा चिनो छ' सार्वजनिक भएको छ। उनले आफ्नै मौलिक लोकदोहोरी गीत नेपाली सांगीतिक दुनियामा प्रस्तुत गरेका हुन्। सांगीतिक क्षेत्रमा हिडदा हिडदै केहि समयको लागि उनले यस क्षेत्रबाट बिश्राम लिनुपर्यो । आफ्नै व्यक्तिगत कारणले उनी बिदेशिएका थिए। जसले गर्दा उनका पाइलाहरुले सांगीतिक यात्रा गर्दा गर्दै रोकिएका थिए। तरपनि यहि सांगीतिक दुनियामार्फत आफ्ना पाइलाहरुलाई सफलताको शिखरमा टेकाउने उनको सपना भने रोकिएन। उनका हरेक गीतहरुले दर्शक तथा श्रोताको मन जित्दै आएको छ। केहिबर्षको विदेश बसाइपछि उनले आफ्नो जीवनको तालमेल मिलाए र अहिले एउटा कालजयी रचना 'एउटा चिनो छ' लिएर बजारमा आए उक्त गीतलाई विन्ध्यवासिनी म्युजिक प्रालिले आफ्नो अफिसियल युट्युव च्यानल मार्फत सार्वजनिक गरेको हो। बिदेशमा अनेकौ दुख र संघर्ष गरे उनले,भन्छन 'सरिर थकित हुदैमा मनका भावनाहरु कहाँ मर्छन र?' त्यस्तै उनको जादुमय आवाजमा उस्तै मिठास रहिरह्यो र जीवनका अनेकौ भोगाइ संगै सृजना गर्ने क्षेमतामा झन् निखारपन थपिदै गयो।
गायक काफ्ले भन्छन 'विन्ध्यवासिनी म्युजिक भरपर्दो विस्वासिलो र धेरै सफल कलाकार हरु जन्माएको कुरा इतिहासले बोलेको छ र हिज आज पनि, यसले पुराना कलाकारहरुको सम्मान गर्दै नया कलाकारलाई सफल बनाउनेमा जोड दिरहेको छ र सफल पनि बनाइरहेको छ त्यहि कारण नै मलाइ विन्ध्यवासिनी म्युजिक प्रालि संग काम गर्ने रहर पलायो ।' उनकै शब्द र लय रहेको 'एउटा चिनो छ' बोलको यस गीतमा उनै कृष्ण प्रसाद काफ्ले अनि टिका सानुको आवाज रहेको छ भने संगीत संयोजन लोकप्रिय संगीतकार तथा संगीत संयोजक बीबी अनुरागिको रहेको छ। भिडियो निर्देशन काजिश श्रेष्ठले गरेका छन् ,करिश्मा ढकाल र निर्देशक श्रेष्ठकै अभिनय रहेको भिडियोलाइ अजय रेग्मीको छायांकनमा दिपक बिष्टले सम्पादन गरेका हुन्। लामो समयको अन्तराल पछि सांगीतिक दुनियामा पुनरागमन गरेर लाएपुगेको मिहेनेतबाट सफलताको शिखर तर्फ लम्किरहेका गायक तथा सर्जक कृष्ण प्रसाद काफ्लेको यस गीतलाई दर्शक श्रोताहरुले पनि उत्तिकै साथ् दिरहेका छन् ,मन पराइरहेका छन्।
आर्टिष्ट खबर/ माघ, काठमाडौं । गायक देवेन्द्र बब्लुको स्वरमा नयाँ गीत
January 20, 2021
आर्टिष्ट खबर/ माघ, काठमाडौं । नेपाली गीतसंगीतको क्षेत्रमा आफ्नो फरक प
January 18, 2021
Artistkhabar.com © 2017. All Rights Reserved
Share your thoughts: