
असार, काठमाडौं । चर्चित गायक तथा संगीतकार टंक बुढाथोकीको नयाँ गीत 'सरी' सार्वजनिक गरिएको छ । टंककै शब्द तथा संगीत रहेको यो गीतमा टंकलाई सविता भण्डारीले साथ दिएकी छिन् । गीतको भिडियोमा भने कार्टुन्ज क्रुका सरोज अधिकारी र आश्मा विश्वकर्माले अभिनय गरेका छन् । गम्भिर बिष्टले निर्देशन गरेको भिडियोमा सरोजले आश्मालाई धेरै पटक सरी भन्नु परेको कथा देखाइएको छ
भिडियोमा सरोज आश्मालाई श्रीमान श्रीमतीको भुमिकामा देख्न सकिन्छ । यस म्युजिक भिडियोलाई नवराज उप्रेतिले खिचेका छन्, भने नबिन निरौलाले सम्पादन गरेका छन् । सुबोल थापाले कोरियोग्राफ गरेको भिडियोमा गायक स्वयम टंककै कन्सेप्ट रहेको छ ।
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नेपाली चलचित्र ‘कबड्डी–४’ आज (शुक्
May 27, 2022
आर्टिष्ट खबर/ जेठ, काठमाडौं । नयाँ गीत ,‘बाचा कसम’ सार्वजनिक गरिएको छ
May 27, 2022
Artistkhabar.com © 2022. All Rights Reserved
Share your thoughts: