भावना आचार्यको नयाँ तिज गीत, 'मज्जाले नाँचौं' (भिडियो)

Posted on: July 27, 2020

साउन, काठमाडौं । गायिका भावना आचार्य र गायक जय देवकोटाको नयाँ तिज गीत सार्वजनिक गरिएको छ । नारीहरुको महानपर्व तिज नजिकिदै गर्दा बिभिन्न गीत सार्वजनिक भइरहेको समयमा भावना र जयको भने केहि फरक शैलीको गीत सार्वजनिक भएको हो । गीतमा तिजको प्रसंससँगै अहिलेको माहामारीको रुपमा रहेको कोरोना (कोभिड १९)का कुरा पनि गरिएको छ ।

कोरोना मुक्त भएर बाँचौं, मज्जाले नाँचौं जस्ता शब्दका साथमा तयार भएको गीतमा गायक जयकै शब्द रहेको छ । यस्तै गीतमा अर्जुन सापकोटाको संगीत रहेको छ । तरंग डिजिटलमा रेकर्ड गरिएको यो गीतको एरेन्ज नारायण दंगालले गरेका हुन् । यस्तै गीतको भिडियोमा पनि गायिका भावनासँगै अर्जुन गौतमले नृत्य गरेका छन् । मदन खड्काले निर्देशन गरेको भिडियो दीपक गिरीले खिचेका हुन् भने अमृत चापागाईंले सम्पादन गरेका हुन् । 




Artist Khabar Media Pvt. Ltd.
Gongabu, Kathmandu
+977-9849953656, 9803082553,01-4387307
[email protected]